२०७५ असोज ६ शनिबार 23:42:49

न्युयोर्कमा दुई जना बंगलादेशीको गोली हानी हत्या

radio-saugat

साउन ३० – अमेरिकामा एक बंगलादेशी  नागरिक र उनका सहायक मारिएका छन् । अमेरिकाको न्युयोर्कमा उनीहरुको गोलि हानी हत्या भएको हो । ५५ वर्षका इमाम मौलामा दुई वर्ष अघि मात्रै बंगलादेशबाट न्युयोर्क गएका बिबिसीले जनाएको छ । उनीहरुलाई किन निशाना बनाइयो भन्ने बारे केही नखुलेको न्युयोर्क प्रहरीले जनाएको छ । 

इमाम र उहाँका सहायकलाई बन्दुकधारीले ओजोन पार्कमा गोली हानेका तर घटनामा संलग्न व्यक्ति भने पक्राउ नपरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बन्दुकधारीको खोजी भइरहेको छ । गोली चलाउनुको कारण पत्ता नलागेपनि इमाम मुस्लिम धर्मका भएकालेले घटना भएको हुन सक्ने आशंका गरिएको छ । ओजोन पार्कमा बंगलादेशबाट गएका मुस्लिम नागरिको बसोबास धेरै छ । उनीहरुले  घटनाको भत्सर्ना गरेका छन् ।

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.