२०७५ जेठ ७ सोमबार 06:44:21

गोलबजार र धनगढीमा छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

सिरहा, भदौ २ – सिरहाका छुट्टाछुट्टै ठाउँमा भएको दुर्घटनामा बिहीबार बिहान दुई जनाको ज्यान गएको छ । ज्यान जानेमा गोलबजार नगरपालिका–७ का ७० वर्षका चौधरी महतो र लहानका २२ वर्षका सञ्जिव कुमार महतो रहेका छन् ।

दुर्घटनामा अन्य ५ जना घाइते भएका छन् ।  उनीहरुको स्थानीय स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गोलबजा–७ मा नम्बर नखुलेको सेतो बोलेरो गाडीले स ६ प ५२७ नम्वरको मोटरसाइकललाई ठक्करदिँदा मोटरसाकलमा सवार ७० वर्षका चौधरी महतोको ज्यान गएको हो ।

त्यसैगरी धनगढीमाई नगरपालिका–७ गागन खोला नजिक स २ प ५१२४ नम्बरको मोटरसाइलले पैदल यात्रीलाई ठक्कर दिँदा लहानका सञ्जिवको ज्यान गएको इलाका प्रहरी कार्यालय गोलबजारले जानकारी दिएको छ । 

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.