२०७५ जेठ ७ सोमबार 06:43:28

सिरहा.न.पा ११ भलुवाही चौक सडक पेटी मा राखेको घरटहरा ,कटघारा खाली गरायो।

radio-saugat

भदौ २२ बुधबार सिरहा न.पा को सप्ताहिक सरसफाइ अनतर्गत आज वुधवार सिरहा.न.पा ११ भलुवाही चौकमा सार्वजानिक वाटो च्यापी घरटहराहरु खाली गराएको छ । 
स्थानिय वासिन्दा हरुको सहयोग सिरहा न.पा. को अगुवाइ मा स्थानिय सरसफाइ कर्मी , नेपाल प्रहरी,शस्त्र प्रहरी सहित स्थानियहले वर्षो देखि सार्वजनिक सडक  पेटी मा राखेको घरटहरा ,कटघारा खाली गराएको न.पा. सिरहाका वातावरण प्रमुख सुरेश चौरवार ले जानकारी दिनु भयो ।
 सिरहा न.पा. को अगुवाइ विगत २५ औ सतादेखी स्थानिय वुद्धिजीवी ,पत्रकार,नागरीक,समाज ,निजी विद्यालयहरुको सहयोगमा सरसफाइ गरीरहेको छ । सोहि कम्रमा सिरहा जिल्ला प्रशासन कार्यलय अगाडी रहेको  को दर्जनौ कटघाराहरु तथा जिल्ला स्वास्थ्य कार्यालय वरीपरी राखेको कटघाराहरु खाली गराइसकेको छ ।यसै विच अगाडी सप्तहा वुधवार को दिन सिरहा माहावीर चौक सडक पेटीमा रहेको कटघाराहरु खाली गराइने सिरहा न.पा. ले जानकारी दिएको छ ।

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.