२०७५ असोज ६ शनिबार 23:40:21

सिरियामा हवाई आक्रमण : एक सय जनाको मृत्यु

भदौ २६ – सिरियामा बिद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रमा भएको हवाई आक्रमणमा परि कम्तिमा एक सय जनाको ज्यान गएको छ ।

 अमेरिका र रुसले सिरियामा शान्ति स्थापनाका लागि एक भएर लाग्ने सहमति गरेको केही सयमपछि नै भएको हवाई आक्रमणमा ९० जना भन्दा धेरै घाइते भएको बिबिसीले जनाएको छ । 

इडलिब प्रान्तको बजारमा भएको हवाई आक्रमणमा परि ६० जना भन्दा धेरैको ज्यान गएको छ । यस्तै एलेप्पो प्रान्तमा भएको आक्रमणमा कम्तिमा ४५ जनाको ज्यान गएको छ । अमेरिका र रुसबिच सिरियामा १० दिन युद्धविराम गर्ने सम्झौता भएको छ । युद्धविराम सम्झौता सोमबारदेखि लागु हुनेछ । अमेरिका र रुसबिच इस्लामिक स्टेट आइएस, अल–नुस्रा फ्रन्टसहितका इस्लामिक बिद्रोही विरुद्ध एकीकृत आक्रमण गर्ने सहमति पनि भएको छ । संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, टर्कीले सहमतिको स्वागत गरेका छन् । 

तर सिरियामा शान्ति स्थापना तथा आइएससहितका विद्रोहीलाई परास्त गर्न थप कदम चाल्नु पर्नेमा उनीहरुले जोड दिएका छन् । 

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.