२०७५ असोज ६ शनिबार 23:42:23

भारत प्रशासित काश्मिरका आक्रमणमा परि १७ सैनिकको मृत्यु

radio-saugat

२ असोज । भारत प्रशासित काश्मिरको उरी भागमा आइतबार बिहान भएको बिद्रोही आक्रमणमा परि १७ जना सैनिकको ज्यान गएको छ ।
सैन्य क्षेत्रमा बिद्रोहीले आक्रमण गर्दा धेरै सैनिकको ज्यान गएको भारतिय मिडियाहरुमा समाचार छ । झडपको क्रममा चार जना बिद्रोहीको पनि मारिएको छ । बारामुलाको उरी क्षेत्रको सैन्य इलाकामा बिहान साढे पाँच भएको आत्मघाती आक्रमण अधिकांश सैनिकहरु मारिएको र केही घाइते भएको स्थानीय प्रहरीले जनाएको छ ।
घाइतेहरुलाई हेलिकप्टर मार्फत उपचारका लागि अस्पताल लगिएको छ । भारतका गृहमन्त्री राजनाथ सिंहले काश्मिरको अवस्था र पछिल्लो आक्रमणलाई मध्यनजर गरेर रुस तथा अमेरिका भ्रमण स्थगित गर्नु भएको छ ।

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.