२०७५ श्रावण ३ बिहिबार 23:06:28

हिन्दी कमजोर भएपनि बलिउडमा हिट छन् यी अभिनेत्री

radio-saugat

काठमाडौं, भदौ ३० – दर्जनौँ विदेशी अभिनेत्रीहरु बलिउडमा आएर आफूलाई स्थापित गराउने कोशिसमा हुन्छन् । जसमध्ये कोही सफल हुन्छन् त कोही असफल  ।

बाहिरी देशबाट आएका कारण उनीहरुको हिन्दी निकै कमजोर हुन्छ । हिन्दी भाषाका दर्जनौँ सिनेमामा काम गरिसक्दा पनि उनीहरुको भाषामा सुधार आएको पाईँदैन । 

कट्रिना कैफ 

बलिउडमा दशकौँ बिताएकी कट्रिना एकताकाका सफल अभिनेत्री हुन् । तर विगत केही बर्षयता उनले अभिनय गरेका सिनेमाहरु लगातार असफल भैरहेका छन् ।

प्रायः बलिउडका सुपरस्टारहरुसँग काम गरिसकेकी उनी पनि हिन्दीमा कमजोर नै हुन् । तर केही वर्षदेखि भने उनी ठिकठिकै हिन्दी बोल्ने गर्छिन् । उनको हिन्दीलाई बलिउडको संगतले त्यति राम्रो प्रभाव पारेको देखिँदैन । 

सनी लियोनी

सनी लियोनी आधा ईन्डियन र आधा ब्रिटिश व्यक्तिका रुपमा परिचित छिन् । विदेशमै आफ्नो पढाई पूरा गरेकी सनीले रियालिटी शो बिगबोसबाट बलिउडमा पाईला टेकेकी हुन् । सनीले पर्दामा धेरै बोल्ड सिनहरु दिएकी छिन् । सनीलाई बलिउडमा असफल हुँदाहुँदै पनि कामको खाँचो नहुने अभिनेत्रीका रुपमा लिईन्छ । राम्रोसँग हिन्दी बोल्न नजान्ने उनी जबरजस्ती सिनेमाका लागि हिन्दी बोल्छिन् । तर उनको बोलीमा अंग्रेजी टोन आईहाल्छ । उनले जिस्म २, एक पहेलीलिला, वान नाईट स्ट्याण्ड, रागिनी एमएम एस २, बेईमान लभ लगायका सिनेमामा काम गरेकी छिन् । 

नरगीस फाख्री

फिल्म रकस्टारबाट बलिउडमा ब्रेक लिएकी अभिनेत्री नरगीस पनि हिन्दीमा कमजोर छिन् । उनी पनि राम्रोसँग हिन्दी बोल्न जान्दिनन् । हिन्दी नजाने पनि उनले आफ्नो सुन्दरता र अभिनयकलाका कारण उनले मद्रास क्याफे, हाउसफूल ३, मेँ तेरा हिरो, बेन्जोमा काम गरिसकेकी छिन् । त्यस्तै केही सिनेमामा उनले आईटम डान्स समेत गरिसकेकी छिन् । 

ज्याक्लिन फर्नान्डिज

सलमान खानको फिल्म किकबाट सफलता पाएकी ज्याक्लिन बलिउडकी सफल अभिनेत्री मध्येकी एक हुन् । सिनेमामा सफल उनी हिन्दीमा भने निकै कमजोर छिन् । सिनेमामा पनि उनी अचम्म लाग्ने पाराले हिन्दी बोल्छिन् ।

अनस्क्रिनमा हिन्दी बोल्ने उनी अफ स्क्रिनमा खासै हिन्दी बोल्न सक्दिनन् । उनको हिन्दी कति कमजोर छ भन्ने कुरा रियालिटी शो झलक देखलाजामा देख्न सकिन्छ । 

एली अबराम

रियालिटी शो बिगबोसमा एली अबरामको हिन्दीबाट सलमान खान निकै प्रभावित भएका थिए । एलीले शोमा कुरा गर्दा प्रायः हल्का हिन्दी मिसाउने गर्थिन् । एलीले बलिउड फिल्म मिक्की भाईरस, किस किसको प्यार करुँमा काम गरेकी छिन् । हिन्दी सिनेमामा काम गरेरल हुने सपना बोकेकी उनलाई राम्रोसँग हिन्दी आउँदैन । उनले सिनेमामा पनि राम्रोसँग हिन्दी बोल्न सकेकी छैनन् । 

लीजा हिडन

हाउसफुल ३, क्विन र द सोकिन्था जस्ता सिनेमामा काम गरिसकेकी अभिनेत्री लिजा हेडन पनि हिन्दीमा कमजोर छिन् ।  हाल उनी एम.टी.भी. को शो ईन्डियाज नेक्स्ट टप मोयलमाजजकोमा काम गरिरहेकी छिन् ।अष्ट्रेलियामा बसोबास गर्दै आईरहेकी लिजा मोडलिङ्ग र अभिनयका लागि भारत आएकी हुन् । भारत आएर केही सिनेमामा काम गरिसक्दा समेत उनले राम्रोसँग हिन्दी भाषा बोल्न जानेकी छैनन् । 

यमी ज्याक्सन

अभिनेत्री यमी ज्याक्सन हिन्दी बोल्न नजान्ने कुराको चर्चा केही दिनअघि मात्रै मिडियामा थियो । खास कुरा के थियो भने उनले हिन्दीमा हल्का भनेको अक्काअक्का भनेकी थिईन् । जसले खुबै चर्चा बटुल्यो । उनले बलिउड फिल्म सिंह ईज ब्लिङ, एक दिवानाथा, फिक्री अलिमा काम गरिसकेकी छिन् । त्यस्तै उनलार्इृ रजनीकान्तसँग सिनेमा रोबोट २ मा पनि देख्न पाईनेछ । बलिउडमा बिस्तारै जम्दै गएकी यमी पनि अभिनयमा दक्ष छिन् तर हिन्दीमा भने कमजोर ।

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.