२०७५ जेठ ७ सोमबार 07:04:17

यी हुन् विश्वका सर्वाधिक १० शक्तिशाली सेना

radio-saugat

संसारभरीका सेनामा नजर राख्ने चर्चित एजेन्सी ग्लोबल फायरपावरले सन् २०१६ को संसारको सबैभन्दा शक्तिशाली सेनाको सूची तयार गरेको छ । ग्लोबल फायरपावरले हरेक वर्ष विश्वभरीका सबै देशका सेनाहरुलाई उनको क्षमताको आधारमा सूचीकृत गर्ने गर्दछ । आउनुहोस्, संसारका १० शक्तिशाली देशबारे जानकारी लिऔं ।
10italian-army१०. इटालीः
इटालीलाई ग्लोबल फायरपावरले आफ्नो सूचीमा १० औं स्थान दिएको छ । ग्लोबल फायरपावर एजेन्सीका अनुसार इटलीको रक्षा बजेट ३४ अर्ब डलरको हो । यो देशसँग ५८६ वटा ट्यांकी, १५८ लडाकू जहाज, २ जंगी जहाज, ५८ आक्रमण गर्ने हेलिकोप्टर र ८ पनडुब्बी छन् । इटालीको सेनामा ३ लाख ३० हजार सैनिक संलग्न छन् ।
9german-army९. जर्मनीः
ग्लोबल फायरपावरले जर्मनीलाई नवौं स्थान दिएको छ । जर्मनीको कुल रक्षा बजेट लभगभ ३६ अर्ब डलरको छ । यो देशसँग ४०८ ट्यांकी, १६९ लडाकू विमान, ४४ आक्रमण गर्ने हेलिकोप्टर र ५ पनडुब्बी छन् । जर्मनी सेनामा लगभग १ लाख ८० हजार सैनिक छन् ।
8turkey-army८. टर्कीः
जर्मनी पछिको आठौं स्थानमा टर्की रहेको छ । यो देशको कुल रक्षा बजेट लगभग १८ अर्ब डलरको हो । यो देशसँग ३,८७८ ट्यांकी, २०७ लडाकू विमान, ६४ आक्रमण गर्ने होलिकोप्टर र १३ पनडुब्बी छन् । टर्की सेनामा लगभग ४ लाख सैनिक संलग्न छन् ।

7japan-army-compressed७.जापान:

ग्लोबल फायरपावरले आफ्नो सातौं सूचीमा जापानलाई राखेको छ । जापानको कूल रक्षा बजेट ४० अर्ब डलरको हो । यो देशसँग ६७८ ट्यांकी, २८७ लडाकू विमान, ३ लडाकू जहाज, ११९ आक्रमण गर्ने होलिकोप्टर र ७ पनडुब्बी छन् । जापानी सेनामा लगभग २ लाख ५० हजार सैनिक छन् ।
6british-army६. बेलायतः
बेलायतमा पनि शक्तिशाली देशको सूचीमा धेरै पछि छैन । बेलायतको कुल रक्षा बजेट ५५ अर्ब डलरको हो । यो देशसँग ४०७ ट्यांकी, १६८ लडाकू विमान, १ लडाकू जहाज, ४९ आक्रमण गर्ने हेलिकोप्टर र १० पनडुब्बी छन् । बेलायती सेनामा लगभग १ लाख ५० हजार सैनिक समावेश छन् ।
5france-army५. फ्रान्सः
फ्रान्स शक्तिशाली सेना भएको देशको सूचीमा ५ औं स्थानमा पर्दछ । यो देशको कुल रक्षा बजेट ३५ अर्ब डलर हो । फ्रान्ससँग ४२३ ट्यांकी, २८४ लडाकू विमान, ४ लडाकू जहाज, ४८ आक्रमण गर्ने हेलिकोप्टर र १० पनडुब्बी छ । फ्रान्समा २ लाख सेना छन् ।
4indian-army४. भारतः
४० अर्बको रक्षा बजेटसहित भारत शक्तिशाली सेनाको चौथो स्थानमा परेको छ । भारतमा ६४६४ ट्यांकी, ८०९ लडाकू विमान, २ लडाकू जहाज, १९ आक्रमण गर्ने हेलिकोप्टर र १४ पनडुब्बी छन् । भारतीय सेनामा लगभग १४ लाख सेना समावेश छन् ।
3china-army३. चीनः
यो सूचीको तेस्रो स्थानमा चीन परेको छ । १५५ अर्ब डलर रक्षा बजेट भएको चीनसँग ९१८५ ट्यांकी, ३१८५ लडाकू विमान, १ लडाकू जहाज, २०० आक्रमण गर्ने हेलिकोप्टर र ६८ पनडुब्बी छन् । चीनियाँ सेनामा २३ लाख सैनिक संलग्न छन् ।
2russain-army२. रुसः
रुसलाई यो सूचीमा दोस्रो स्थान दिइएको छ । ४६ अर्ब डलरको रक्षा बजेट भएको यो देशसँग १५,३९८ ट्यांकी, १,४३८ लडाकू विमान, १ लडाकू जहाज, ४७८ आक्रमण गर्ने हेलिकोप्टर र ६० पनडुब्बी छन् । रुसको सेनामा ७ लाखभन्दा बढि सेना संलग्न छन् ।
1american-army१. अमेरिकाः
अमेरिकालाई ग्लोबल फायरपावरले आफ्नो सूचीको पहिलो स्थानमा राखेको छ । कुल ५८१ रक्षा बजेट भएको अमेरिकासँग ८,८४८ ट्यांकी, २,७८५ लडाकू विमान, १३ लडाकू जहाज, ९५७ आक्रमण गर्ने हेलिकोप्टर र ७५ पनडुब्बी छन् । अमेरिकी सेनामा १४ लाख सैनिक छन् ।

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.