२०७५ मङ्सिर ५ बुधबार 04:27:32

राति १० बजेपछि देउसी भैलो खेल्न नपाइने

काठमाडौं, कात्तिक ८ – तिहारमा राति १० बजे भन्दा उता देउसी भैलो खेल्न नपाइने भएको छ । 

जिल्ला प्रशासन कार्यालय काडमाडौंले विज्ञप्ति निकाली राति १० बजे भन्दा उता देउसी भैलो नखेल्न सबैमा आग्रह गरेको हो । 

यस्तै घरधनीको स्वीकृति लिएर बिना करकाप राति १० बजेसम्म मात्रै देउसी भैलो खेल्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । कोही कसैले यस विपरित गरेमा कानुन अनुसार कारवाही गरिने विज्ञप्तिमा उल्लेख छ । 

तिहार तथा छठ पर्व मनाउने क्रममा आतिशबाजि, पटाका, भूईंचम्पा जस्ता प्रज्वलनशित पदार्थको उत्पादन, आयात, बिक्री वितरण र प्रयोग नर्गन पनि प्रशासनले आग्रह गरेको छ । यस्तो कार्यमाथि स्थानीय प्रशासन ऐन २०२८ बमोजिम रोक लगाइएकाले कसैले पटाकासहितका विस्फोटजन्य पदार्थ प्रयोग गरेको पाएमा कारवाही गरिने विज्ञप्तिमा उल्लेख छ । 

 

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.