२०७५ मङ्सिर ५ बुधबार 04:26:37

लाइसेन्सको आवेदनमा भिड, प्रहरीको लाठीचार्ज

radio-saugat

सुरेन्द्र कुमार कामती
सिरहा, कार्तिक ९ गते । यातायात कार्यालयले लामो समय पछि सवारी चालक अनुमतिपत्रको लागि आवेदन माग गरेपछि हजारौंको भिड लागेको कारण पर्खाल भत्किएको छ । 
सवारिचालक अनुमतिपत्रको लागि आवेदन दिन सगरमाथा अञ्चल यातायात कार्यालय लहानमा एका विहानैदेखी लाइनमा हजारौं भिड लागेको थियो । भिड व्यवस्थापन गर्न बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको थियो । भिड अनियन्त्रित हुँदा यातायात कार्यालयको अगाडिको पर्खाल भत्किएको छ । पर्खाल भत्किदा प्रहरीले लाठीचार्ज गरेको थियो । लाठीचार्जवाट आधा एक दर्जनभन्दा वढी समान्य घाइते भएको लहानका सन्तोष साहले बताए ।
भिडको कारण पर्खाल भत्केपछि प्रहरीले लाठीचार्ज गरेपछि भागाभाग भएको थियो । 
६ महिना भन्दावढि समय पछि यातायात कार्यालय लहानले सवारी चालक अनुमतिपत्रको लागि आवेदन खुल्ला गरेपछि भिड बढेको मौवाहिका दिपेश यादवले बताए ।
जिल्ला प्रहरी कार्यालय सिरहाले भिड व्यवस्थापन गर्ने क्रममा समान्य बल प्रयोग गरेको जनाए ।
फोटो क्याप्सन स् सिरहाको लहानमा रहेको सगरमाथा अञ्चल यातायात कार्यालयमा सवारी चालक अनुमतिपत्रको लागि आवेदन दिन पुगेकाहरु ।

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.