२०७५ असोज ६ शनिबार 23:40:25

साउदीमा एक मधेशीको लास अलपत्र

radio-saugat

अस्पतालको विल तिर्न नसक्दा साउदको रियादमा एक जना मधेशीको लास एक महिनादेखि अलपत्र रहेको छ ।

धनुषा जिल्लाको भठिहन वडा नम्बर ७ घर भई पछिल्लो केही वर्षदेखि ढल्केबरमा बस्दै आएका सतरोहन साहको लास साउदीको रियादस्थित सुमैसी अस्पतालमा अलपत्र रहेको छ ।

कम्पनीबाट अलग भएर काम गर्दै आएका साहको हार्ट अट्याकबाट मृत्यु भएको अस्पतालले जनाएको छ । उनको लास अस्पतालमा एक महिनादेखि राखिएको चार्ज पनि जोडिएको छ । जसकारण उनको लास अस्पतालबाट ल्याउन १४ सय रियाल आवश्यक छ ।

साहको घरको आर्थिक अवस्था दयनिय रहेकोले अस्पतालको विल तिर्न सकिएको छैन । उनी काम गर्ने कम्पनीले पनि सहयोग गरेको छैन भने नेपाली दुतावासलाई बारम्बार खबर गर्दा पनि लास नपठाइएको परिवारजनले जनाएको छ ।

उनको लास नेपाल पठाउन साउदीका केही मधेशीहरुले प्रयास गर्दैछन् । जसका लागि उनीहरुले रकम संकल गरेपनि अपुग भएको छ ।

सुधारिएको : साहको लास नेपाल फिर्ता पठाउन १४ हजार रियाल आवश्यक हुनु पर्नेमा अन्यथा भएकोमा सुधारिएको छ । सम्पादक

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.