२०७५ जेठ ७ सोमबार 07:00:49

कतार : धुमधामका साथ छठ मनाउँदै मधेशीहरु

radio-saugat

विश्वभरि छरिएर रहेको मधेशीहरुको छाता संगठन गैरआवासी मधेशी संघ (एनआरएमए)को कतार शाखाले दोहामा छठ पूजाको विशेष आयोजना गर्न लागेको छ । 

एनआरएमए कतार शाखाले नोभेम्बर ६ मा दिउँसो ४ बजे छठ पुजाको आयोजना गर्न लागेको एनआरएम कतार शाखाको संयोजक सुरेन्द्र नारायण यादवले हुलाकी न्यूजलाई बताएका छन् ।

एनआरएमए अन्तर्राष्ट्रिय कमिटीका कार्यवाहक अध्यक्ष बसन्त कुशवाहाले यस किसिमको कार्यक्रमले मधेशको सांस्कृतिक पक्षलाई अन्तर्राष्ट्रियकरण गर्ने बताए ।

कुशवाहाले मधेशको सांस्कृतिक पक्ष निकै सवल रहेकोले यसलाई अन्तर्राष्ट्रियस्तरमा उजागर गर्नुपर्ने बताउँदै मधेशीहरुलाई एकीकृत हुन मौका मिल्ने बताए ।

उनले कतार र अमेरिकासहित अन्य मुलुकहरुमा पनि एनआरएमएले छठसहित विभिन्न कार्यक्रमहरु गरिरहेको जानकारी दिए ।

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.