२०७५ असोज ६ शनिबार 23:41:23

छठपछि कडा आन्दोलनको चेतावनी

वीरगंज, ११ कात्तिक । सदभावना पार्टीका राष्टिूय अध्यक्ष राजेन्द्र महतोले छठपछि कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । सदभावना पार्टी पर्साले आयोजना गरेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महतोले केपी ओली नेतृत्वको सरकारले मधेसी मोर्चा संग ३६ पटक वार्ता गरी मात्र अल्झायो र वर्तमान प्रचण्ड नेतृत्वको सरकार वन्नु अघि मधेसी मोर्चासंग भएको सम्झौता कार्यन्यवन नगरे छठपछि कठोर आन्दोलन गर्ने बताउनु भयो । 

अधिकार, पहिचान र स्वभिमानको लागि जारी मधेस आन्दोलनको क्रममा वीरगंजमा भएको आन्दोलनले नेपाल लगायत पुरा विश्वमा पहिचान बनाएको छ । तर वीरगंज जस्तै मधेसको अन्य जिल्लामा आन्दोलन नभएको कारण मधेसको माग समयमै पुरा हुन नसकेको र केही साथीहरुले ईमान्दारिक पुर्वक जिम्मेवारी निर्वाह नगरेकोमा दुःख व्यक्त गरेका थिए । 

प्रमुख अतिथी समेत रहेका महतोले नेपालमा बस्ने पहाडी समुदायको सम्र्पक भाषा नेपाली हो त्यस्तै मधेसमा बस्ने मधेसीहरुको सम्र्पक भाषा हिन्दी रहेको बताएका थिए । मधेस आन्दोलन कुनै जाती वा समुदाय बिरुद्धको नभई मधेसी जनताले आफना अधिकार र पहिचानका लागि गरेको बताउदै मधेसी जनता मधेसको सच्चा धर्तीपुत्र रहेको समेत प्रस्ट पारेका थिए । 

सदभावना पार्टी पर्साका उपाध्यक्ष ईश्वर यादवको सभापतित्वमा सम्पन्न पार्टी प्रवेश कार्यक्रममा बोल्दै महासचिव सरोज यादवले पहाडी पार्टीमा रहेका मधेसी नेताहरुको भुमिका राम्रो नहुनु र मोर्चाको केही नेताले ईमन्दारीपुर्वक जिम्मेवारी पुरा नगरेको कारण आन्दोलन यति लम्बिएको बताएका थिए । आन्दोलनमा सदभावना पार्टीका नेता एवं कार्यकर्ताले राम्रो भुमिका निर्वाह गरेकोले आउदो दिनमा मधेसको प्रथम पार्टी हुने दावि गरेका थिए । 

पार्टीका सह महासचिव सुरेन्द्र कुर्मीले सदभावना पार्टी मात्र नभई परिवार रहेकोले यसमा आवद्ध हुने साथीहरुले पार्टीको निती र सिद्धान्त विपरित कार्य नगर्न सुझाव दिदै मधेसको माँग पुरा नभए सम्म संर्घष जारी रहने बताएका थिए । पार्टी प्रवेश गर्नेहरुमा युवा गठबन्धन पर्सा क्षेत्र नं. २ का संयोजक असरफ अली मन्सुरी, समाजवादी लोहियावादी युवक संगठन पर्साका अध्यक्ष आनन्द गुप्ता, बेलवा गाबिसका युवा नेता नईम अंसारी,चर्चित भोजपुरी गायक धुरेन्द्र सहनी, कलाकार लालु मिश्रा, फोरम लोकतान्त्रिकका समिम मन्सुरी, माओवादी केन्द्रका रोहित पटेल, बेलवा गाबिसका सोहेल हुसेन, बिकी शर्मा लगायत काग्रेस, एमाले, माओवादी र मधेसवादी दलका करिव ४०० नेता कार्यकर्ताहरु सदभावा पार्टी प्रवेश गरेका थिए ।

पार्टी प्रवेश कार्यक्रममा सदभावना पार्टीका केन्द्रिय सदस्यहरु योगेन्द्र यादव, निजामुदिन समानी, रेखा घिमिरे, केन्द्रिय सल्लाहकारद्वव पुर्व एसपी हनुमान साह र रमेश गुप्ता, प्रेस मंच नेपालका केन्द्रिय अध्यक्ष संतोष पटेल, संसदिय समिती सदस्य बिपिन यादव, सदभावना पार्टी पर्साका उपाध्यक्ष अनुरुद्ध कलवार, प्रवक्ता धुरेन्द्र पटेल, सचिव राजेश साह, वीरगंज नगर अध्यक्ष ओमप्रकास सर्राफ, सदभावना महिला मंच पर्साका अध्यक्ष रेखा साह, युवा मंच पर्साका अध्यक्ष शेख मुना, वीरगंज उपाध्यक्ष सुरेश साह कानु, प्रवक्ता अनिल साह, महिला नेतृ मालती कुशवाहा,महिला मंच वीरगंज नगर अध्यक्ष सुनिता रौनियार लगायतको उपस्थिती रहेको थियो । सदभावना पार्टी पर्साका सचिव धर्मेन्द्र पटेलले सहजीकरण एवं उपाध्यक्ष भुपेन्द्र तिवारीले स्वागत मन्तव्य व्यक्त गरेका थिए  । 

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.