२०७५ जेठ ७ सोमबार 06:57:21

आठ सय आइएस लडाकु मारिए

कात्तिक १२ – अमेरिकी सेनाले इराकको उत्तरी क्षेत्रमा चरमपन्थी संगठन आइएसका आठ सय लडाकु मारिएको दाबी गरेको छ । 

११ दिन पहिलादेखि सुरु गरिएको कारबाहीमा आइएसले कब्जा गरेको मकसद मोसुल पनि ठाउँ छाडेको अमेरिकी सेनाले जनाएको छ । मोसुल सहरलाई आइएसको गढको रुपमा लिइन्छ । अमेरिकाले गरेको यस कारबाहीमा इराकी सरकार तथा कुर्द सैनिकले समर्थन गरेका छन् । अमेरिकी जनरल जोसेफ वोटल एएफपीसँग भनेका छन् ‘मोसुल सहरमा डेढ हप्ता पहिले सुरु गरेको कारबाहीमा आठ सयदेखि नौ सय आइएस लडाकु मारिए, अब यो अभियान मोसुलको आसपास तथा तेज सहर केन्द्रीत हुन्छ ।’ अमेरिकी सेनाका अनुसार मोसुलमा आइएस लडाकुको संख्या ३५ सयदेखि पाँच हजार छ । 

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.