२०७५ जेठ ७ सोमबार 07:04:39

एनसेलले ल्यायो ‘रोमिङ् कम्बो प्याक’

काठमाडौंं, कात्तिक २२ – मोवाइल सेवा प्रदायक एनसेलले विदेश भ्रमणमा जाने ग्राहकका लागि ‘रोमिङ् कम्बो प्याक’ योजना ल्याएको छ । यस अन्तर्गत एनसेलका ग्राहकले रोमिङ्मा रहेको बेलामा करसहित मात्र १५ सयमा भ्वाइस, एसएमएस र डेटा प्याकको मज्जा लिन सक्छन् ।

यो कम्बो प्याक योजना भारत, अमेरिका, बेलायत, हङकङ, सिंगापुर, मलेसिया, थाइल्याण्ड लगायतका विभिन्न २५ देशमा सोमबारदेखि लागु भएको छ । यो प्याक लिने एनसेलका प्रिपेड वा पोस्टपेड ग्राहकले आफू सम्बन्धित रोमिङ् देशहरुमा रहँदा नेपाल र कम्बो प्याकमा रहेका अन्य देशका लागि २५ मिनेटको बाह्य कल, २५ मिनेटको आगमन कल, २५ एसएमएस र २५ एमबी डेटा पाउनेछन् ।

प्याक अन्तर्गत उपलब्ध हुने सेवा प्रयोग गर्ने समयावधि ३० दिनको हुनेछ । पोष्टपेडका ग्राहकले एस्ट्रिक्स १७१२९ ह्यास डायलगरी चौथो विकल्प रोजेर प्राप्त जानकारी अनुसार यो रोमिङ् कम्बो प्याक सुरु गर्न सक्नेछन् ।

प्रिपेड ग्राहकको हकमा, एस्ट्रिक्स १७१२९ ह्यास डायलगरी दोस्रोे विकल्प रोजेर त्यसपछि प्राप्त जानकारी अनुसार यो प्याक लिन सक्ने एनसेलले जनाएको छ । 

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.