२०७५ असोज ६ शनिबार 23:42:16

लाहनमा मूलनिवासी मुक्ति पार्टी घोषित

लहान । ‘मूलनिवासी मुक्ति पार्टी’ नामक नयाँ पार्टीको आज घोषणा गरिएको छ । केही वर्षयता आम मूलनिवासी मुक्ति मोर्चाका नाममा राजनीति गर्दै आएका मो इस्लामको अध्यक्षतामा नयाँ पार्टी घोषणा गरिएको हो । पार्टी घोषणाका लागि आज आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष इस्लामले सम्पूर्ण मूलवासीको इतिहास, अस्तित्व र पहिचानको रक्षा गर्दै जातीय, भाषिक, धार्मिक, सामाजिक, सांस्कृतिक, लैङ्गिक र आर्थिक मुक्तिका साथै समृद्ध र शान्त नेपाल निर्माणका लागि पार्टी निर्माण गरिएको बताउनुभयो । पार्टी उपाध्यक्षमा झब्बरप्रसाद राम, महासचिवमा चन्देश्वर दास, सचिवमा राजकुमार मण्डल र कोषाध्यक्षमा रेणुकुमारी सदा तथा केन्द्रीय सदस्यमा रामकुमारी देवी यादव, कुसुम गडेरी, समिदा खातुन, कृष्णकुमारी तामाङ, परमेश्वरलाल साह, शत्रुधन महरा, लगायत हुनुहुन्छ । 

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.