२०७५ श्रावण ३ बिहिबार 22:41:16

सिरहामा विद्युत् चुहावट दश प्रतिशतले घट्यो

 विद्युत् चुहावट नियन्त्रण अभियान सञ्चालन गरेपछि सिरहामा करिब १० प्रतिशत विद्युत् चुहावटमा कमी आएको छ । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरको हालसम्म सञ्चालन गरेको विद्युत् चुहावट नियन्त्रण अभियानका कारण विद्युत् चुहावटमा सो कमी आएको विद्युत् प्राधिकरण वितरण केन्द्र, सिरहाले जनाएको छ ।जिल्लामा गत वर्ष ५१ प्रतिशत विद्युत् चुहावट थियो, अहिले ४२ प्रतिशतमा झरेको केन्द्रका प्रमुख जितेन्द्र यादवले बताउनुभयो । अभियानका क्रममा हुकिङ गरी विद्युत् चोरी गर्ने ११४ जनालाई कारबाही गरेको उहाँले बताउनुभयो । अभियानकाक्रममा विद्युत् चुहावट गरिरहेको अवस्थामा पक्राउ परेकाबाट रु नौ लाख छ हजार सात सय भन्दा बढी राजस्वसमेत असुली गरेको प्रमुख यादवले भन्नुभयो ।

यस्तै विद्युत् चोरी गर्नेबाट ६२ थान टिभी, ७५ थान विद्युत् मोटर र ४६ थान पङ्खालगायतका विद्युत् उपकरणसमेत बरामद गरिएको केन्द्रले जनाएको छ । केन्द्रले साउनदेखि मङ्सिरको दोस्रो सातासम्ममा ३०७ जना ग्राहकको घरमा जडान गरिएको विद्युत्को लाइन काटिएको र तीमध्ये १२२ जना ग्राहकले रु ३८ लाख ९३ हजार राजस्व बुझाएको केन्द्र प्रमुख यादवले बताउनुभयो ।

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.