२०७५ मङ्सिर ५ बुधबार 04:26:27

लाहनबाट लागूऔषध सहित एक युवक पक्राउ

radio-saugat

सिरहाको लहानबाट मंगलबार ६ सय ७० थान लागूऔषध नाइट्रोसन बरामद भएको छ।

लहान ४ स्थित बिनोद यादवको घरमा डेरा गरी बसेका सिरहा गाढा गाविस २ घर भएका २२ वर्षिय तलेश्वर यादवको कोठाबाट सो परिमाणको लागूऔषध बरामद भएको हो।

मंगलबार बिहान यादवको दुई तले पक्की घरको तल्लो तला भाडा लिई बसेका तलेश्वरको कोठाबाट खानतलासीकाक्रममा लागूऔषध नाइट्रोसन ट्याब्लेट बरामद भएको इलाका प्रहरी कार्यालय लहानको टोलीले जनाएको छ।

यादवको कोठाबाट नगद बाइस हजार तीन सय पच्चीस नेपाली रुपैया तथा भारु एक सय पचास रुपैया र एक थान मोवाइल फोनसमेत बरामद भएकोले उनी लागूऔषध बिक्रि बितरणमा संलग्न हुन सक्ने अनुमान गरिएको छ।

बरामद लागूऔषधसहित तलेश्वरलाई इलाका प्रहरी कार्यालय लहानमा राखि राखि थप अनुसन्धान भइरहेको छ।

 

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.