२०७५ असोज ६ शनिबार 23:42:05

ग्राहक ठग्दै लहानको दरवार होटल

radio-saugat

सर्भिसमा सुस्त र महगो होटल भनेर चिनिन्छ । लहानको दरवार होटल । अंग्रेजी नयाँ वर्ष २०१८ को उपल्क्ष्यमा विशेष कार्यक्रम गरी ग्राहकहरुले ठगेका छन् ।

आइतवार नयाँ वर्ष २०१८ को उपल्क्ष्यमा साँस्कृतिक कार्यक्रम आयोजना होटलले गरेका थिए । ग्राहकहरुबाट वियर र खाजा खुवाउने नाममा एक हजारको दरले रकम असुलेका छन् । तर, भित्रमा त वासी खाजा र क्यान वियर खुवाएर यस्तो चिसोमा झुर कार्यक्रम देखाएर पैसा मात्रै ठगेको एक ग्राहकले बताए ।

टेवल नम्बर १६ का एक जना ग्राहकले शाकाहारी आइटममा पनिर पकौडा, मिक्स च्युरा एक प्लेट, एक क्वाटर वल्ड दरवार, एक बोतल मिनिरल वाटर खाए । तर, उसको हातमा विल नखाएको आइटम थपेर थमाए । विलमा चिकेन चिल्ली, पापड थप गरेको थियो । आफुले नखाएको कुरामा ती ग्राहकले प्रतिवाद गरेपछि होटलको स्टाफले विलबाट त्यो आइटम काट्यो ।

नयाँका ग्राहकलाई त झन यस होटलले ठग्ने गरेको ती ग्राहकले थपे । विलमा वजारमा एक क्याटवर वल्ड दरवारको भन्दा दोब्बर मुल्य तिरेको उनले भने । यतिका ग्राहकलाई ठग्दा पनि सम्बन्धित नियमनकारी निकाय मौन देखिएको छ 

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.