२०७५ जेठ ७ सोमबार 07:02:59

सर्लाहीमा कटुवा पेस्तोलसहित भारतीय नागरिक पक्राउ

radio-saugat

सर्लाहीको ब्रम्हपुरी गाउँपालिका–४ को त्रिभुवननगरबाट प्रहरीले कटुवा पेस्तोलसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत सितामढी सोनबर्षा बस्ने गुड्डु मण्डल छन् ।

प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरी टोलीले उनलाई गोली नभएको एक थान कटुवा पेस्तोलसहित पक्राउ गरेको हो ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ ।

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.