२०७५ कार्तिक ३ शनिबार 11:08:25

वर्षा, केकी, प्रियंका, ऋचा र सृष्टि मध्ये को बन्ला व्युटी स्टार ?

radio-saugat

काठमाडौं –लक्स कामना फिल्म अवार्ड्स २०७४ आगामी १६ माघ गते हुने भएको  छ । यसअघि २२ पुसमा गर्ने भनिएको यो अवार्ड प्राविधिक कारणवश १६ माघमा पुगेको आयोजक कामना सिने मासिकले जानकारी गराएको छ ।

३२ विधामा हुने अवार्ड समारोह राजधानीको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा आयोजना गरिने आयोजकले जनाएको छ । अवार्डस् फिल्मकर्मीमा समर्पित हुनेछ । 

अवार्डस्मा एकजनलाई जनही १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड), एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिनेछ । संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिनेछ। 

अवार्डमा एसएमएस भोटिङका आधारमा लक्स व्युटी स्टार छनौट हुनेछ । यो विधामा वर्षा राउत, केकी अधिकारी, प्रियंका कार्की, ऋचा शर्मा र सृष्टी श्रेष्ठ बीच प्रतिस्पर्धा रहेको आयोजकले जनाएको छ । 

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.