२०७५ मङ्सिर २८ शुक्रबार 21:50:48

चौथौँ पटक पूर्व प्रेमिकाको अंगालोमा फर्किए नेयमार

radio-saugat

पेरिस । ब्राजिलियन फुटबल स्टार नेयमारले नयाँ वर्षको शुरुवात आफ्नो पूर्व प्रेमिकासँग सम्बन्ध सुधार गर्दै गरेका छन् ।

पीएसजीका फरवार्ड नेयमारले पूर्व प्रेमिका ब्रुना माक्र्विजेनसँग फेरि सम्बन्धमा फर्किएका हुन् ।

शनिबार नयाँ वर्षको पूर्वसन्ध्या दुवै एक पार्टीमा भेटेका थिए ।

ब्राजिलियन नायिकासँग उनले चुम्बन गरेको तस्विर सेयर गर्दै नेयमारले लेखेका छन्, ‘जब मैले तिमीलाई देखेँ, म तिम्रो अंगालोमा पुगिसकेको थिए .... लभ यु प्रेटिन्हा ।’
गत जुनमा दुवैको तेस्रो पटक ब्रेकअप भएको थियो । त्यतिबेला नेयमारले विवाहको प्रस्ताव गरेपछि दुवैको सम्बन्ध टुटेको बताइएको थियो ।

नेयमार र ब्रुना सन् २०१२ देखि सम्बन्धमा रहँदै आएका छन् । उनीहरु पहिलो पटक सन् २०१३ मा अलग भएका थिए तर सन् २०१४ विश्वकप अघि उनीहरु फेरि सम्बन्धमा फर्किएका थिए ।

तर, त्यो लामा समय टिकेन । उनीहरुले फेरि अक्टोबर २०१६ मा सम्बन्ध सुधार गरे पनि गत जुनमा फेरि अलग भएका थिए ।

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.