२०७५ असोज ६ शनिबार 23:40:29

नेत्रहीन क्रिकेट विश्वकप : रेल पनि नचलेपछि नेपाली टोली बसबाट पाकिस्तान लाग्यो

radio-saugat

काठमाडौं, पुस २० – जहाजको टिकट काट्ने पैसा नभएपछि रेल चढेर नेत्रहीन क्रिकेटको एकदिवसीय विश्वकप खेल्न हिँडेको नेपाली टोली रेल पनि नचलेपछि गाडी चढेर पाकिस्तानतर्फ प्रस्थान गरेको छ । 

बुधबार भारतको गोरखपुर अमृतसर जाने तालिका भए पनि खराब मौसमका कारण रेल नछुटेपछि नेपाली टोली बस चढेर पाकिस्तान लागेको टोलीका मिडिया अफिसियल अनिल मल्ल ठकुरीले जानकारी दिनुभयो । रेल नचल्दा केहीबेर अलपत्र परेको नेपाली टोली त्यहाँबाट बस ब्यवस्था गरेर पाकिस्तानतर्फ लागेको उहाँले बताउनुभयो । 

जहाजमा जान पैसा भएन, रेलबाटै पाकिस्तान जाँदै विश्वकप खेल्ने नेपाली टोली

नेपाली टोलीको पहिलो खेल २४ गते छ, तर मौसम खराबका कारण रेल बेलैमा नछुट्दा पहिलो खेल्न नै गुम्ने होकि भन्ने डर रहेके उहाँले बताउनुभयो । नेपालले ३ वटा खेल पाकिस्तानमा र २ वटा खेल दुवईमा खेल्नेछ ।

नेपालबाट पाकिस्तानको सीधा उडान नभएके, बंगलादेश या दुबइबाट पाकिस्तान जान जहाजका टिकट महगा पर्ने भएपछि पैसा जुटाउन नसक्दा नेपाली टेली भारतबाट रेल र बस चढेर पाकिस्तान गएके हे ।

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.