२०७५ असोज ६ शनिबार 23:42:47

बिपन्न घर परिवारलाई कम्बल बितरण

radio-saugat

सिरहाको बिष्णुपुर गाउँपालिकाले ३ सय घरका बिपन्न गरिब घर परिबारलाई शनिबार एक कार्यक्रमका बिच कम्बल बितरण गरेको छ । केहि दिन देखि बढीरहेको चिसोका कारणले गरिब घर परिबारलाई राहत स्वरुप गाउँपालिका प्रमुख जागेश्वर यादबले कम्बल बितरण गरेको छ ।

गाउँपालिकामा रहेको ५ वटै वाडामा रहेको ७५ वर्ष नाघेको बुद्धा, दलित, अपाङ्ग, सुत्केरी महिला र असहाय बालबालिका (विपन्न व्यक्तिहरु) लगायत करिब ३०० घर परिबारलाई कम्बल बितरण गरेको र सोही गाउँपालिकामा रहेको ईलाका प्रहरी कार्यालयल बिष्णुपुर लगायतकालाई समेत बितरण गरेको अध्यक्ष यादवले जानकारी गराएका छन् ।

यसरी आफुहरूले जाडोमा बाच्नका लागि पहिलो पटक कम्बल पाएकोले आफु निकै खुसिभएको झौली महतोले बताए ।
आफुहरूलाई राहतको थप सामग्रिहरू उपलब्ध गराइदिनहुन उनिहरुले अध्यक्ष यादवलाई आग्रह समेत गर्नुभयो ।

उक्त वितरण कार्यक्रम बिष्णुपुर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष जागेश्वर यादवको अध्यक्षता तथा जिल्ला समन्वय समितिका उपसभापति सरोज यादवको प्रमुख आतिथ्य तथा ५ वटै वडाका नवनिर्वाचित वडा अध्यक्ष लगायत इलाका प्रहरी कार्यालय बिष्णुपुरका इन्चार्ज विश्वनाथ महतो, स्थानीय बुद्धिजिवी, समाजसेवी, पत्रकारहरुको उपस्थितमा कम्बल वितरण गरिएको बिष्णुपुर गाउँपालिकाका कार्यकारी अधिकृत राम प्रमोद यादवले बताएका छन् 

 

Copyright 2015 RADIO SALHESH 88.8 MHZ. All Right Reserved.